सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाल वृद्ध युवाहरू लान्छ चिलेर : जानुका गुरागाईं

बाल वृद्ध युवाहरू लान्छ चिलेर
कोरोनाको साङ्लो तोडौं सबै मिलेर ।

Sana Kishan

मिलिजुली सँगै बस्ने हाम्रो संस्कार
एक्लाएक्लै बनाइदियो सारा संसार ।
हामी सचेत नबनेमा सक्छ निलेर
कोरोनाको साङ्लो तोडौं सबै मिलेर ।।

पटकपटक हात धोऔं मास्क लगाऔं
घरै बसौं बिना काम कतै नजाऔं ।
यतिमात्र गर्न सके जान्छ बिलेर
कोरोनाको साङ्लो तोडौं सबै मिलेर ।।
बाल वृद्ध … … … … … … … … …
कोरोनाको … … … … … … … … …
•जानुका गुरागाईं•
२०७८ वैशाख १८ गते, शनिबार
#आफू बाँचौं र अरुलाई पनि बचाऔं

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.