सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भगवान शिवसँग जोडिएका यी रहस्यहरु तपाईँलाई थाहा छ ?

शिवरात्रिका अवसरमा भगवान शिव–पार्वतीको विवाह भएको थियो । यसैले यस पर्वलाई भगवानको वैवाहिक वर्षगाँठका रूपमा मनाइने गरिएको छ । भगवान शिवसँग जोडिएका कयौँ यस्ता कुरा जुन तपाईँलाई थाहा नहुन सक्छ । भगवान शिवसँग जोडिएका रहस्यबारे आउनुस चर्चा गरौँ ।

कालीको चरणमा शिव ःभगवान शिव महादेव माता कालीको चरणमुनि पनि मुस्काइरहन्छन् । भगवान शिव क्रोध र उग्रताका प्रतीक हुन् तर उनै सबैभन्दा उदार रुपमा पनि प्रस्तुत हुन्छन् । आखिर किन यस्तो ? यसको पछाडिको कारण थाहा पाउनुस् ।

 

एक पटक काली माता धेरै क्रुद्ध अवस्थामा थिइन् । कुनै पनि देउता, राक्षस र मानवले उनलाई रोक्न सकेका थिएनन् । केही गर्दा पनि नसकेपछि सबैले माता कालीलाई रोक्न सामूहिक रूपमा भगवान शिवको प्राथना गरे । महाशक्ति कालीले जहाँ जहाँ पाइला राख्थिन्, त्यहाँ त्यहाँ विनाश निश्चित थियो ।

World Link Ads
Mahakali Polytechnic

भगवान शिवले पनि आफूले महाशक्तिलाई रोक्न नसक्ने कुरा थाहा पाए । । तब भगवान शिवले भावनात्मक विकल्प चुने र र माता कालीलाई रोक्न पुगे । भोलेनाथ माता कालीको बाटोमा सुतिदिए । जब माता काली त्यहाँ पुगिन् तब उनले भगवान शिव सुतिरहेको कुरा यादै गरिनन् । भगवान् शिव सुतेको थाहा नपाएकी उनले शिवको छातीमा आफ्नो खुट्टा राखिदिइन् ।

त्यसबेलासम्म महाशक्तिले जहाँ जहाँ पाइला राखेकी थिइन्, त्यहाँसम्म सबै कुरा भष्म भइसकेको थियो । तर यहाँ अपवाद भयो । माता कालीले जसै शिवजीको शरीरमा आफ्नो पाउ राखिन् तसै उनको रिस शान्त भयो र उनी पश्चाताप गर्न थालिन् ।

यस कथाबाट हामीले धेरै कुरा सिक्न सकिन्छ । यसले हामीसँग कति धेरै संशाधन छ र हामी कति शक्तिशाली छौँ भन्ने कुराले कुनै अर्थ राख्दैन । कयौँ पटक हामीले परिस्थिति हेरेर सोचे सम्झेर पनि समस्या समाधानका लागि कदम चाल्नुपर्छ । हरेक संकटको हल निस्किन्छ तर हामीले सुझबुझले निर्णय लिन भने सक्नुपर्छ ।

माता पार्वतीको परीक्षा ःहामीमध्ये धेरैलाई थाहा हुनुपर्छ भगवान् शिवले माता पार्वतीको पटक पटक परीक्षा लिएका थिए । पार्वती मातासँग विवाह गर्नु पहिले भगवान शिवले उनको परीक्षा लिने कुरा सोचे । भोलेले ब्राह्मणको रूप धारण गरेर पार्वती नजिक पुगे । उनले पार्वती मातासँग भगवान शिव जस्तो केही नभएको भिखारीसँग किन विवाह गर्न लाग्यौ ? भनेर प्रश्न गरे ।

यो सुनेर माता पार्वती क्रोधित भइन् । उनले त्यतिबेलै आफू भगवान शिवसँग बाहेक अरु कोहीसँग बिहे नगर्ने बताइन् । उनको यस उत्तरबाट भगवान शिव प्रसन्न हुँदै आफ्नो असली रूपमा प्रकट भए । त्यसपछि उनी पार्वतीसँग विवाह गर्न तयार भए ।

यसैले लगाउँछन् भष्म ःभगवान शिव पूरै शरीरमा भस्म लगाउँछन् । शिवभक्त निधारमा भष्मको तिलक लगाउँछन् । शिव पुराणमा यसबारे निकै रोचक कथा पढ्न पाइन्छ । एक सन्त लगातार तपस्या गरेर धेरै शक्तिशाली भएका थिए । जसले केबल फलफूल र हरियो पात मात्रै खान्थे । त्यहीकारण उनको नाम प्रनद पड राखिएको थियो ।

Sana Kishan

आफ्नो तपस्याबाट ती साधुले जंगलका सबै जीवजन्तुमा नियन्त्रण स्थापित गरेका थिए । एक पटक आफ्नो कुटीको मर्मतका लागि उनी काठ काटिरहेका थिए । त्यही बेला उनको औँलो काटियो । साधुले आफ्नो औँलाबाट रगत बग्नुको साटो रुखको रस निक्लिरहेको थियो ।

साधुलाई आफू धेरै पवित्र भएकाले शरीरमा रगत होइन रुखको रस भरिएको लाग्यो । उनलाई त्यो कुराले धेरै खुसी लाग्यो । अनि उनमा घमण्ड पनि बढ्यो । त्यसपछि उनले आफुलाई संसारकै सबैभन्दा पवित्र मान्छे ठान्न थाले । भगवान शिवले जब यो सबै घटना देखे तब एक वृद्धको रुप धारण गरेर ती साधुसामू पुगे ।

बुढो व्यक्तिको भेषमा पुगेका भगवान शिवले साधुसँग यति धेरै खुसी हुनुको कारण सोधे । तब साधुले खुसीको कारण बताइदिए । सबै कुरा जानेपछि भगवान शिवले रुख र फलको पनि रस नै भएको बताउँदै जब रुख विरुवा जल्छन् तब ती सबै खरानी हुने कुरा सम्झाए ।

बुढा व्यक्तिको रूप धारण गरेका शिवले तुरुन्त आफ्नो औँलो काटेर देखाए, जहाँबाट खरानी निस्किएको थियो । साधुलाई तब आफ्नो अगाडि भगवान् रहेको थाहा भयो । साधुले तत्कालै आफ्नो अज्ञानतका लागि क्षमा मागे । एउटा कथा अनुसार आफ्ना भक्तलाई शारीरिक सौन्दर्यको घमण्ड गर्नु हुन्न भन्ने कुरा याद दिलाउन भगवान शिवले त्यही बेलादेखि आफ्नो शरीरमा भष्म लगाउन लागे ।

सुदर्शन चक्र ःभगवान विष्णुको हातमा सदैव सुदर्शन चक्र सुशोभित रहन्छ । यो सुदर्शन चक्र भगवान शिवले नै भगवान विष्णुलाई दिएका थिए । एक पटक भगवान विष्णु शिवजीको आराधना गरिरहेका थिए । विष्णु देवताले भोलेनाथलाई प्रसन्न गर्नका लागि हजारौँ कमल ओछ्याएका थिए ।

तर भगवान शिवले भगवान विष्णुको भक्तिमा कति तत्परता छ भन्ने देख्न चहान्थे । यसैले उनले एक कमल उठाए । भगवान विष्णु सहस्त्रनाम लिँदै शिवलिङ‍्गमा हरेक पटक कमलको फूल चढाइरहेका थिए ।

जब विष्णु १००० औँ नाम लिन्थे तब शिवलिङ्गमा अर्पित गर्न कुनै फूल बाँकी रहँदैन थियो । तब भगवान विष्णुले आफ्नो आँखा निकालेर शिवलाई अर्पित गरिदिए । भगवान विष्णुलाई कमलनयन भन्नुमा कमलको फूलसँगै उनले आफ्नो नेत्र अर्पित गरेकाले पनि हो । अटूट भक्ति देखकर भगवान शिवले भगवान विष्णुलाई सुदर्शन चक्र दिए ।

अमरनाथ गुफाको कथा ःभगवान शिवका भक्तका लागि अमरनाथ गुफा धेरै महत्वपूर्ण छ । जब माता पार्वतीले भगवान शिवसँग अमरत्वको रहस्य बताउन भनिन् तब उनी गुफाबाट बाहिर निस्किए । गुफा जाने बाटोमा उनले कयौँ काम गरे । यही कारण गुफा जाने बाटोलाई पुरा चमत्कारिक मानिन्छ । अमरकथाको रहस्य बताउने क्रममा भगवानले आफ्ना पुत्र, वाहन आदिलाई निर्जन स्थानमा छाडिदिए । यी सबै स्थान तीर्थस्थल बने । पौराणिक कथा अनुसार भगवान शिव गुफासम्म हाल जम्मु कश्मीर रहेको पहलगाम हुँदै पुगेका थिए । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.