सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के तपाईंलाई थाहा छ भगवान विष्णुले लिएका २४ अवतारहरु के के हुन ?

जब–जब पृथ्वीमा कुनै संकट आउँछ तब भगवानले अवतार लिएर संकट हटाउने गर्छन् । भगवान शिव र भगवान विष्णुले कैयौपटक पृथ्वीमा अवतार लिएका थिए । भगवान विष्णुले २४ औ अवतारको रुपमा ‘कल्की अवतार’ लिने सुनिश्चित भएको जानकारहरुले बताएका छन् ।

उनका २३ औं अवतार आजसम्म पृथ्वीमा अवतरित भइसकेका छन् । अब २४ अवतार मध्ये १० औं अवतार विष्णुको मुख्य अवतार मानिएको छ ।

१. श्री सनकादि मुनिः धर्म ग्रन्थ अनुसार सृष्टिको आरम्भको लागि ब्रह्माले अनेक लोकको रचना गर्न इच्छाले घोर तपस्या गरे । उनको तपस्या देखि प्रसन्न भएर भगवान विष्णुले तप अर्थ भएको सन नाम युक्त भएको सनक, सनन्दन, सनातन र सनत्कुमार नामका चार मुनिको रुपमा अवतार लिएका थिए ।

World Link Ads
Mahakali Polytechnic

२. वराह अवतारः भगवान विष्णुले दोस्रो अवतारको रुपमा वराह अवतार लिएका थिए । कथा अनुसार पुरातन समयमा दैत्य हिरण्याक्षले जब पृथ्वीमा गएर समुन्द्रमा लुके तब ब्रह्मको नाकबाट भगवान विष्णु वराहको रुपमा प्रकट भए । विष्णुको यस रुपलाई देखेर सबै देवताहरु ऋषिमुनिहरुले उनको स्तुति गर्न थाले । विष्णुले नाकका सहायताले पृथ्वी पत्ता लगाए र समुन्द्रको भित्र गएर दाँतमा राखेर पृथ्वी बाहिर ल्याएका थिए । हिरण्याक्ष दैत्यले विष्णुको वराह रुप देखे र युद्धमा होमिए । अन्तमा भगवान विष्णुले हिरण्याक्षको हत्या गरे । यसपछि भगवान वराहले आफ्नो खुरबाट जलको स्तभंत गरे र पृथ्वीको स्थापित गरिदिए ।

३. नारद अवतारः धर्म ग्रन्थ अनुसार देवर्षि नारद पनि भगवान विष्णुकै अवतार हुन् । शास्त्र अनुसार नारद मुनि, ब्रह्माको सात मानस पुत्रोमध्ये एक हुन् । उनले कठिन तपस्याबाट देवर्षि प्राप्त गरेका थिए ।

Sana Kishan

४.नर–नारायणः सृष्टिको आरम्भमा विष्णुले धर्म स्थापनाको लागि नर–नारायणको अवतार लिएका थिए । यस अवतारमा उनी निधारमा जटा धारण गरेका थिए । उनको हातमा हास, चरणमा चक्र एंव वक्षस्थलमा श्रीवत्स चिन्ह्र थिए ।

५. कपिल मुनिः भगवान विष्णुले पाँचौ अवतारमा कपिल मुनिको रुप लिएका थिए । उनको पिताको नाम महर्षि कर्दम र माता देवहुति थियो । भगवान कपिलको क्रोधबाट राजा सगरका ७ हजार छोराहरु भष्म भएका थिए ।

६.दत्तात्रेय अवतारः एक पटक माता लक्ष्मी, पार्वती र सरस्वतीलाई आफ्नो पितव्रतको अत्यन्तै गर्व भएको देखेर भगवानले उनीहरुको अंहकार नष्ट गर्नलाई लीला रचे । ३ देवीहरुले आफ्नो पतिहरुलाई अनुसुइयाको पतिव्रतको परिक्षा लिन पठाए । भगवान शंकर, विष्णु र ब्रह्मा साधुको भेषमा अनुसुइयाको घरमा भिक्षा लिनु पुगे ।

महर्षि अत्रि नभएको समयमा ३ भगवानले हामीलाई निर्वस्त्र भएर भिक्षा दिन आग्रह गरे । अनुसुइयाले उनले ६ महिनाको बच्चा हुन भनेपछि त्रिदेव शिशु भएर रुन थाले । तब अनुसुइया माता बनेर काखमा लिएर स्तनपान गराइन् । घरमा नफर्केपछि त्रिदेवी व्याकुल भएका थिए ।

७.यज्ञः विष्णुको सातानै अवतारको नाम यज्ञ हो । भगवान यज्ञको उनकी धर्मपत्नी दक्षिणाबाट अत्यन्तै तेजस्वी बारह छोरा जन्मेका थिए । उनै छोरा स्वायम्भुव मन्वन्तरमा याम नामक देवता कहलिए । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.