सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतका चर्चित टेलिभिजन समाचार वाचक रोहित शरदानाको मृत्यु !!

152
Sana Kishan

भारतका चर्चित टेलिभिजन समाचार वाचक रोहित शरदानाको मृत्यु भएको छ । कोभिड १९ बाट सङ्क्रमित शरदानाको घरमै आज बिहान हृदयघातले निधन भएको जनाइएको छ ।

हाल उहाँ भारतको ‘आज तक’ टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनका सम्पादक राजदीप सरदेसाइले उहाँको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

Karnali Traders

भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्स र आउटलुकले ‘मृत्यु हुनु एक साता अघि उहाँमा कोभिड १९ को सङ्क्रमणको पुष्टि भएको थियो’ उल्लेख गरेको छ । भारतीय टेलिभिजन पत्रकारिताका उहाँ एक चर्चित पत्रकार हुनुहुन्थ्यो ।

Nepali Khaja

कोभिड १९ बाट सङ्क्रमित शरदाना घरमै अलग्गिएर बसिरहँदा हृदयघातपछि निधन भएको हो । उहाँ केही वर्ष अघिसम्म जी न्यूजमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनमा उहाँले ‘दंगल’ कार्यक्रम चलाउनुहुन्थ्यो । (gorkhapatraonline बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.