सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदार गाउँपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने !!

बैतडीको दोगडाकेदार गाउँपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने भएको छ । बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी स्वास्थ्य बाहेक गाउँपालिका मातहतका कार्यालय बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म मात्रै खुला राख्ने निर्णय गरेको छ ।

कोरोना भाईरसको महामारी फैलिँदै गएपछि यस्तो निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । वैशाख मसान्त सम्मका लागि बार अनुसार वडाका नागरिकलाई सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । आइतबार वडा नं १ का नागरिकलाई सेवा दिइनेछ भने सोमबार वडा नं २ र ८ का नागरिकलाई सेवा दिइनेछ ।

Sana Kishan

यस्तै मंगलबार वडा नं ३ र ७ का नागरिकलाई सेवा दिइनेछ भने बुधबार वडा नं ४ का नागरिकलाई सेवा दिइनेछ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार बिहीबार वडा नं ५ र शुक्रबार वडा नं ६ का नागरिकलाई सेवा दिइनेछ ।

World Link Ads
Mahakali Polytechnic

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिरहेकाले यसको जोखिम कम बार अनुसार सेवा दिने निर्णय भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । (ninglashainionline बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.