सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता समस्याबाट छुटकार पाउन खानुहोस् दही !!

दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । दहीलाई हिन्दू धर्ममा शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले दही खाने चलन छ । दही धार्मिक दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक छ ।

भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । यसमा भिटामिन ए, भिटामिन डी, भिटामिनबी १२, आइरन, प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन लगायतका तत्वहरु पाइन्छ ।

यस्ता छन् दही खाँदाका फाइदाहरुः

World Link Ads
Mahakali Polytechnic

हड्डी बलियो बनाउने – दहीमा प्रशस्त क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउछ ।

पाचन प्रक्रिया – दहीको सेवनले पाचन प्रक्रियालाई स्फूर्त बनाउन सहयोग पुर्याउछ,

Sana Kishan

निद्रा – दहीको सेवन गरेमा राति निद्रा आनन्दले लाग्छ । राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही खानु राम्रो हुन्छ ।

रगतको कमजोरी हटाउँने – दहीको नियमित सेवनले रगतको कमि तथा कमजोरी हटाउँछ।

पायल्स रोग – पायल्स रोग भएकाहरुलाई दही निकै उपयोगि मानिन्छ । यस्ता समस्या भएकाहरुले दिउँसो भोजनसँग खाँदा राम्रो हुन्छ । पेटको समस्या समाधान – दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको समस्या समाधान हुन्छ । पेटमा गडबडी हुँदा दहीमा बिरे नुन हालेर खाँदा राम्रो हुन्छ ।

अन्य फाइदा – दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई ठिक गर्छ । यसले कोलस्ट्रोल बढ्न पनि दिदैन । इम्यून सिस्टमलाई दह्रो बनाउछ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.