सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ !

कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।

आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।

Sana Kishan

यस्तो भएमा तत्कालै स्वास्थ्य परीक्षण गराउनुस् ।शरीरमा पानीको कमी हुँदा पनि चक्कर आउँछ, लगातार टाउको दुख्छ र दृष्टि धमिलो हुँदै आउँछ । विशेषगरी वृद्ध र मधुमेहका रोगीहरूलाई यस्तो समस्या बढी हुन्छ । टन्न पानी पिउने गर्नुपर्छ ।कानमा संक्रमण हुँदा पनि चक्कर आउँछ ।अनि बढी औषधि खाएमा पनि चक्कर आउँछ ।माइग्रेन, ब्रेन वा कानको ट्युमर वा शरीर प्रणालीमा समस्याको संकेत दिनका लागि पनि चक्कर आउँछ । यसलाई बेवास्ता गर्नै हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

शरीरमा कमजोरी, रगतको कमी वा कोशिका घट्दा पनि बारम्बार चक्कर आउने समस्या आइलाग्छ । यस्तो अवस्थामा फल, तरकारी, नरिवल पानी, किवी, अनार जस्ता स्वस्थ खानेकुरा खानुपर्छ ।नसामा कमजोरी, कुनै किसिमको आघात, पीडा र सुन्निने समस्या हुँदा पनि चक्कर आउँछ । (gnewsnepal बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.