सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्द नगरपालिका कोरोना हटस्पट बन्दै !!

बैतडीको दशरथचन्द नगरपालिका कोरोना हटस्पट बन्दै गएको छ । पछिल्लो दिनमा गरिएका परीक्षणहरुमा दशरथचन्द नगरपालिकाका धेरै नागरिकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा रहेका छन् । नगरपालिकाका सबै वडा कोरोनाको जोखिममा रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएकाले नगरपालिकाले केही कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Sana Kishan

यो बिषयमा दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताउनुभयो । कोरोनाको जोखिम नियन्त्रणका लागि अन्य उपायका बिषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

नगरपालिकामा अहिले ७५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सर्तक रहन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् । मंगलबार मात्रै दशरथचन्द नगरपालिका ९ का एक कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । कोरोनाले ज्यान लिन थालेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । (ninglashainionline बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.