

नहोस् भन्छु ठ्याक्कै त्यहीँ हुन्छ अचम्म लाग्छ।
म हाँस्न खोज्दा ऊ जहिले रुन्छ अचम्म लाग्छ।
मेरो ओठमा मुस्कान त आउनु पूर्व नै देख्छ तर,
न आँसु देख्छ न त रोएको सुन्छ अचम्म लाग्छ।
गराइ र भनाइ मेल नहुने देश हो यहाँको मान्छे,
मुखले फोहोर भन्दै हातले छुन्छ अचम्म लाग्छ।


खुसी र उसको सम्बन्ध परस्पर सुमधुर भएन,
ती मुस्कानहरू ओठभित्रै थुन्छ अचम्म लाग्छ।
मन कसरी सफा गर्छन मैले आजसम्म देखेन,
आँखाको फोहोर आँसुले धुन्छ अचम्म लाग्छ।
मलाई असफल बनाउनु नै उसको सफलता हो,
मेरै लागि मेहनत गर्छ जाल बुन्छ अचम्म लाग्छ।
२०७८/०१/१५ महेन्द्रनगर
