सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा भोलीदेखी लकडाउन हुने भएपछि अत्तरिया बस पार्कमा पहाड जाने यात्रुहरुको निकै भिड !!

कैलाली – अत्तरिया बस पार्कमा पहाड जाने यात्रुहरुको निकै भिड बढेको छ । भोलीदेखी कैलाली र कञ्चनपुरमा एक हप्ता पूर्ण रुपमा लकडाउन हुने भएपछि यतिबेला अत्तरिया बसपार्कमा पहाडी जिल्लाहरुमा जाने यात्रुहरुको भिड निकै बढेको हो ।

आज बिहानैदेखी अत्तरिया बसपार्कवाट सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुमा जाने गाडीहरु सडकमै लमबद्ध भएर लागेका छन् ।

लकडाउनले सार्वजनिक तथा निजी सवारी साधनहरु बन्द हुने भएपछि काम बिषेशले कैलाली आएकोमा आज नै घर फर्किनुपरेको अत्तरिया बसपार्कमा भेटिएका बझाङ जादै गरेका नरेश भाटले बताए ।

World Link Ads
Mahakali Polytechnic

उनले गाडीहरु नचलेपछि कति दिन दुख पाइने हो भन्दै बिचैमा घर जानुपरेको बताए । अहिले अत्तरिया बसपार्कवाट जाने सबै सार्वजनिक सवारी साधनहरु भरिभराउ रहेका छन् ।

Sana Kishan

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसंगै घर फर्किने सुदूरपश्चिमेलीहरुको सिमामा पनि भिड लाग्न थालेको छ ।

भारतवाट फर्किएकाहरु अहिले सोझै आ आफ्नो घर तिर फर्किन थालेपछि गाउँघरमा झन त्रास फैलिएको छ । कैलाली कञ्चनपुरमा भोलीदेखी हुने लकडाउनको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् ।

भोली देखी सार्वजनिक तथा निजी सवारी साधनहरु पनि सञ्चालन रोक लगाइएको छ भने औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल तथा व्यवसाय बाहेकका अन्य पसल व्यवसाय बन्द गरिने छन्।

यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्नमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा भनिएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.