सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना नियन्त्रणका लागि बेदकोट नगरपालिकाका ७ निर्णय, महाकाली अस्पताललाई १० लाख सहयोग गर्ने !!

कञ्चनपुरको नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रमुखहरुको उपस्थिति सहितको बैठकले कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि विभिन्न ७ वटा निर्णय गरेको छ ।

बैठकले कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि महाकाली अस्पतालको अक्सिजन ग्यासको व्यवस्थापन, आई.सि.यु, भेन्टेलेटर, पीसीआर ल्याब संचालन र बिरामी उपचारका लागि औषधी तथा स्वास्थ सामाग्री व्यवस्थापन गर्न बेदकोट नगरपालिकाको कोभिड १९ कोरोना कोषबाट रु दस लाख महाकाली अस्पताललाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको छ ।

Sana Kishan

यस्तै बेदकोट नगरपालिकाका सबै बिद्यालय बैशाख मसान्त सम्म बन्द गर्ने र बिबाह, व्रतबन्ध लगायत सामाजिक कार्य गर्दा स्वास्थ सामाग्री प्रयोगका साथै भौतिक दुरी कायम गरि घरपरिवार भित्रका बढिमा १५ जना मात्र सहभागी हुन पाउने निर्णय गरको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै भोज भतेर, डिजे, बैण्ड बाजा, छलिया लगायत भिड भाड हुने प्रकृतिका कार्यक्रम पुर्णरुपमा रोक लगाउने र प्रभावकारी अनुगमन गर्ने तथा कार्यान्वयन गराउने र भेला गोष्ठि, तालिम, साँस्कृतिक कार्यक्रम, खेलकुद, बैठक सिमिनार सबै बन्द गर्ने समेत निर्णय गरको छ ।
अत्यावश्यक कामले मात्र घर बाहिर निस्किने, बाहिर जादा मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने तथा होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ मापदण्ड अनुसार बस्नुपर्ने निर्णय गरेको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले बताउनुभयो । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.