सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली कांग्रेसको बिषयगत विज्ञको जिम्मेवारी युवा नेता चन्दलाई !!

नेपाली काङ्ग्रेस, बैतडी प्रदेश सभा क्षेत्र न. ‘ख’ का सभापति श्री तेजबहादुर चन्द मुम्बई बिश्वबिद्यालयबाट बिजनेस एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर गर्नुभएको हो। उहाँ लामो समय भारतमा बसी विभिन्न संघ संस्थामा आवद्ध हुनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो।

मातृभूमिको माया र समाजसेवी मनले डोर्याएर स्वदेश फर्कनु भएका चन्द हजारौँ दुखी गरिबलाई गरेको सहयोग र नेपालमै पहिलो पटक सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता ‘ शुभकामना कप’ देहिमाण्डौमा शुभारम्भ तथा कालजयी देउडा गीति एल्बम “जय हो जन्मभूमि” का रचयिता पनि हुन्।साथै समाजसेवाका क्षेत्रमा उहाँले आफ्नो अलग्गै पहिचान बनाउनु भएको छ। सभापति चन्द लामो समयदेखि बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय रही पार्टीका बिभिन्न संगठनहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन।

बैतडीको राजनीतिक भविष्यमा महत्वपूर्ण र आस लाग्दो युवाको रुपमा हेरिएका चन्द स्थानीयस्तर, जिल्ला र प्रवासमा समेत राम्रो जनाधार भएका र केन्द्रीय नेताहरुसंग पनि राम्रो सम्बन्ध बनाउन सफल मिलनसार र कुशल संगठकका रुपमा हेरिन्छन। कांग्रेस उप सभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधीको निर्देशनमा नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा श्री सुरेन्द्र के.सी. को संयोजकत्वमा “बिदेशमा बस्ने नेपालीको हित संरक्षण” बिषयगत समितीको विज्ञको रुपमा नियुक्त नियुक्ति दिईएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कार्य कुशलता, सफल नेतृत्व क्षमता, पार्टीप्रतिको बफादारिता, संगठानिक निपुणता रहेका समाजसेवी युवा नेतालाई दिइएको “बिदेशमा बस्ने नेपालीको हित संरक्षण” बिषयगत विज्ञको जिम्मेवारी सफलता साथ पूरा गरुन् साथै सम्बन्धित बिषयमा पार्टीको नीति निर्माणमा महत्त्वपूर्ण सहयोग पुगोस्, राजनीतिक र सामाजिक सुनौलो जिवनको शुभकामना।

Dirghayu Ads

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.