सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान ढिलासम्म सुत्नु हुन्छ ? यस्ता छन् साइड इफेक्टहरु !!

बिहान ढिलासम्म सुत्नुका साइड इफेक्टःधेरै सुत्नु स्वास्थकोलागि हानिकारक हो । बिहान अबेर सम्म सुत्नु त झन् राम्रो होइन । मानिसलाई जति अल्क्षि गरेर सुत्यो उति सुत्न मन लाग्छ ।बिहान ढिलासम्म सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ

१. स्मरण शक्ति कम हुनु

धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

World Link Ads
Mahakali Polytechnic

२. मधुमेहको खतरा

अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

३. कब्जियतको समस्या

जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।

४. अकाल मृत्यु

धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

५. टाउको दुखाई

धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

Sana Kishan

६. मस्तिष्कलाई बुढो बनाउँछ

अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।

७. मोटोपना बढ्नेछ

मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

८. डिप्रेशन हुनु

धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

९. मुटुरोग

तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

१०. ढाड दुख्ने

जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ ।

धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.