सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना !!

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा–दुलही घाईते भएका छन् ।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

Sana Kishan

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा–दुलही सामान्य घाईते भएको स्थानीय सञ्चारकर्मी वसन्त बिष्टले घटनास्थलबाट जानकरी दिनुभएको छ । दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम गरिरहेको बिष्टले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थतप अनुसन्धान गरिरहको बताएको छ । (गोकर्ण दयालले गोरखापत्र अनलाइनमा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.