सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

इन्डियन प्रिमियर लिग (आईपीएल) :  हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीको जित

71
Sana Kishan

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । गए राति भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट टुङ्गो लागेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

Karnali Traders

हैदरावादलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा केन विलियम्सन र जगदिसन सुचिता मिलेर १५ रन जोडेका थिए । सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै हैदरावादले ७ रन जोड्यो । ८ रनको लक्ष्य दिल्लीले विना क्षती पूरा गर्दै खेल जित्यो ।

Nepali Khaja

जितपछि दिल्लीले ५ खेलबाट ८ अंक जोड्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिजनको चौथो हारपछि ५ खेलबाट २ अंक रहेको हैदरावाद सातौं स्थानमा छ । (गोदावरी न्युज बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.