सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : एमाले जिल्ला इन्चार्जमा दयाल

नेकपा एमालेका केन्द्रीय सदस्य पुरनसिंह दयाल पार्टिको बैतडी जिल्ला इन्चार्ज चयन हुनुभएको छ । यसअघि समेत जिल्ला इन्चार्जको जिम्मेवारी वहन गरिसकेको दयाल फेरी इन्चार्ज चयन हुनुभएको हो ।

नेकपा एमाले केन्द्रीय अधिवेशन आयोजक कमिटिको बैठकले दयाललाई जिल्ला इन्चार्ज चयन गरेको हो । नेता दयाल २०४०सालदेखि राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ ।

उहाँ माओवादी जनयुद्धका बेला साढे ९ महिना जेलपर्नु भएको थियो भने, २०४६ सालको आन्दोलनमा समेत काठ्माण्डौँ स्थीत जेलमा रहनुभएको थियो । बैतडी जिल्लामा सक्रिय राजनिति गरिरहेका नेता दयालले जातिय बिभेद बिरुद्धको अभियान सञ्चालन गर्नुभएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उहाँ नेकपा एमाले बैतडीको सस्ंथापक जिल्ला कमिटि सदस्य तथा उत्पिडित जातीय मुक्ति समाजको सस्ंथापक सुदुरपश्चिम इन्चार्ज रहनुभएको थियो ।

२०६४ सालको निर्वाचनपछि भने दयाल समानुपातिक तर्फबाट सबिंधानसभा सदस्य समेत बन्नुभएको थियो । नेता दयाल अहिले दुई समूहमा देखिएको एमालेमा भने केपी ओली समूहमा हुनुहुन्छ । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.