सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विपद् जोखिम तथा दैवी प्रकोप नियन्त्रणका लागि दमकल खरिद

विपद् जोखिम तथा दैवी प्रकोप नियन्त्रणका लागि कञ्चनपुरको वेदकोट नगरपालिकामा दमकल खरिद गरिएको छ । ५४ लाख ४५ हजार रकममा दमकल खरिद गरिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भयो । दमकल खरिदका लागि ६० लाखको टेण्डर आह्वान गरिएको थियो । दमकल खरिद गरिएपछि अब सुक्खा मौसम र गर्मीयाममा अत्यधिक मात्रामा हुनसक्ने आगलागीका घटना नियन्त्रण गर्न सहज हुने नगर प्रमुख चन्दको भनाइ छ । उहाँका अनुसार, वेदकोट नगरपालिकाले एम्बुलेन्स र शव वाहन खरिदका लागि समेत टेण्डर आह्वान गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.