सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए !!

काठमाण्डौ – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाखभन्दा धेरै रोयल्टी संकलन गरेको छ । (उपहार खबर बाट सभार)

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.