सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पु¥याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार नाघेको छ ।

विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ । उपहार खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.