सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवशंकरको अर्थ – भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य !!

शंकरको ” श ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ !हाम्रो शरीरमा त्रिदेवको स्थान ः हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ ! विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिव को स्थान भन्दा तलको मुन्तिरको भाग हो ! त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो ! इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् ! संहारका देवता हुन् ! अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल नै स्वरुपनै ज्योतिष शास्त्रको आधार हो !

उनले लय र प्रलय दुवैलाई आफ्नो अधीन मा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन् ! इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् ! हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्रको रुपमा छ !

चन्द्रमा ः शिव जी को एउटा नाम ‘सोम’ पनि हो ! सोमको अर्थ चन्द्रमा हो । उनको दिन सोमवार हो । चन्द्रमा मनको कारक हो । शिवजीले चन्द्रमा धारण गर्नुको अर्थ आफ्नो मन नियंत्रण गर्नु हो ! शिवजी संग सम्बन्धित सबै चाडपर्वहरु हन्द्रमासमा आधारित हुन्छन ! महाशिवरात्री ,मासशिवरात्री ,प्रदोष यसैका परिचायक हुन् ! र यी सबै चाडमा चर्द्र कलाको महत्व छ ! शिवजीको शीरको अर्ध चन्द्र शिव पन्थ र चन्द्र बंशीहरुको परिचायक हो ! मध्य देश (ःष्ममभि भबकत)को सबै राष्ट्रहरुको ध्वजामा त्यै आशय उल्लेखित गरिएको हो ! चर्चित चंगेज खानको झन्डामा पनि अर्ध चन्द्र अंकित थियो ! ईश्लाम धर्मको प्रतिक चिन्ह हो अर्ध चन्द्र यसैको फलस्वरूप हिन्दूको मकेश्वर महादेव मुसलमानहरुको पवित्र तिर्थस्थल मक्का हुन् पुगेको हो !

World Link Ads
Mahakali Polytechnic

त्रिशूलः–शिवजीको त्रिशूल सत्य ,तम ,राज स्वरुपको परिचायक हो ! जसलाई प्रोटोन ,न्युट्रोन र इलेक्ट्रोन पनि भनिन्छ ! यस बाहेक त्रिशूलको तिन शूलले उदय , शंरक्षण र बिनाश हुनेकुराको प्रतिनिधित्व गरेको हुन्छ ! यसैलाई भुत ,बर्तमान र भविष्य पनि भनिन्छ !नाग ःशिवजीको नाग बंश संग गहिरो सम्बन्ध थियो ! इनि नाग बंशका आराध्य देव थिए ! त्यसकारण इनको गलामा नागले शोभा पाएको थियो ! नाग मान्छेको बोलीमा हुने बिषको परिचायक हो !

Dirghayu Ads

डमरु ःगहिरिएर बिचारने हो भने सबै हिन्दूको देवी देवताहरुसंग एक एक बटा बाद्द्य बादन रहेको छ ! यी सबैको प्रतीकात्मक अर्थ रहेको हुन्छ ! शिव संग रहेको डमरुको अर्थ हो यो विश्वमा नाद अर्थात ध्वनीको ठुलो महत्व छ ! इनि संगीतका जनक पनि हुन् ! शिवजीको प्रादुर्भाव हुनु भन्दा पहिले कसैले नाच्न ,गाउँन र बजाउन जान्दैनथ्यो ! याँहा डमरु अर्थात नादको अर्थ त्यसो ध्वनी संग सम्बन्धित छ जो यस ब्रह्माण्डमा सधैं विद्यमान थियो अर्थात ” ओं ” ! यहि नादबाट परा ,पश्यन्ति ,मध्यमा र वाणीको उत्पत्ति भएको हो !

Sana Kishan

साढे ःबृशभ शिवको बाहन हो ! याँहा बृशभको अर्थ धर्म हो ! वेदले धर्मको चार खुट्टो भएको बताएको छ ! याँहा धर्मको खुट्टो भनेको हिन्दुका चार पुरुश्वार्थ अर्थात धर्म ,अर्थ ,काम र मोक्ष हो ! देवादिदेव शिव यिनै चार पुरुस्वार्थहरु माथि बसेर हिडदछन ! शिवको बाहनलाई नन्दी पनि भनिन्छ ! याँहा नन्दी शब्द समुहका पर्यायवाची हुन जसले धर्मशास्त्र ,अर्थशास्त्र ,कामशास्त्र र मोक्षशास्त्रको रचना गरेका थिए !

जटाःशिव अन्तरिक्षका देउता मानिन्छन ! उनको नाउ व्योमकेश पनि हो ! यसकारण आकाश उनको जटा स्वरुप हो ! जटा बायु मण्डलको प्रतिक हो ! सौर्य मण्डलमाथि परमेश्ठी मण्डल रहेको मानिन्छ ! यसैको अर्थतत्व समातेर त्यसलाई गङ्गा भनिएको हो ! यसैकारण गङ्गा शिवको जटामा प्रवाहित छन् ! शिवजीले जटामा गङ्गा धारण गरेका कारण उनलाई जल चढाउने चलन चलेको हो !

भष्मःशिवले शरीरमा भष्म लाउछन ! भष्म यस संसारको निस्सारताको परिचायक हो ! यो आकर्षण ,मायाँ र मुक्तिको प्रतिक हो !त्रिनेत्र ःशिवजीलाई त्रिनेत्र भनिन्छ ! उनको तिन आँखो छ ! प्रत्येक व्यक्तिको दुइ आँखी भुइको बिचमा ३ आँखो अर्थात अलौकिक दृष्टि रहन्छ भनिएको हो !संसार र सन्यास यसको अर्थ हो मान्छेले ध्यान ,साधना र सन्यासमा रहेर पनि संसारको जिम्मेवारी पुरा गर्न सक्तछ !ब्याघ्र चर्मःशिवजीले आफ्नो अंगमा बाघ वा हात्तीको छाला बेरेको मानिन्छ ! याँहा हात्ती भनेको अभिमान र बाघ भनेको हिंसाको प्रतिक हो ! शिवजीले हिँसा र अभिमान दुवै दबाएर राखेका छन् !

पिनाक ःशिवजीले धनुष चलाउदा त्यसको आवाजले बादल छाटिन्थ्यो ! पर्वत हल्लिन्थ्यो ! भुकम्प आएको आभाष हुन्थ्यो ! शिवजीको धनुष ज्यादै शक्तिशाली भएकोले यसको प्रभावले त्रिपुराशुरको नगरी ध्वस्त हुन् पुगेको थियो ! देवी देवताको काल सकिएपछि शिवजीले त्यो धनुषको प्रयोजन सकियो भनि देवराज ईन्द्रलाइ दिई पठाएका थिए ! देवराज ईन्द्रले त्यो धनुष मिथिला नरेश राजा जनकका पूर्वज देवराजलाइ दिई पठाएका थिए ! देवराज राजा जनकका पूर्वज निमिका जेठो छोराका रुपमा परिचित व्यक्तित्व हुन् ! त्यै शिव–धनुष देवराजको धरोहर स्वरूप राजा जनक संग सीता बिबाह सम्म सुरक्षित रहेको थियो ! जसलाई सीता स्वयम्वरमा मर्यादा पुरुषोत्तम रामले तोडे र सीता स्वयम्वर हुन् पुगेको थियो ! भनिन्छ यो धनुष भगवान शंकरले आफ्नै हातले बनाएका थिए ! त्यसैले यसलाई कसैले उठाउन र ताँदो लाउन सक्तैन थ्यो ! तर भगवान रामले उठाएर यसको तांदोलाउदा भाचिन पुग्यो !

चक्रःएउटै चक्र काल ,प्रयोजन र प्रयोगको कारण बिभिन्न नामले चिनिन्थ्यो ! भगवान शिवको हातमा हुदा जुन चक्रको नाम भवरेंदु रहेको थियो , त्यै चक्र विष्णुको हातमा आउँदा कांता नामले चिन्हियो , त्यै चक्र भगवतीको हातको शोभा हुन् पुग्दा मृत्यु मंजरीको नामले जानिन्थ्यो र पछि त्यै चक्र भगवान कृष्ण संग जोडिदा सुदर्शन चक्रको नामले चिन्हियो ! तर त्यो कृष्णको सुदर्शन चक्रको निर्माण भगवान शिवले नै गरेका थिए ! निर्माण गरिसकेपछि भगवान शिवजीले श्रीविष्णुलाई दिए ! श्रीविष्णुले यो चक्र पार्वतीलाइ दिए पार्वतीले त्यो चक्र परशुराम लाई दिइन ! त्यसपछि मात्र भगवान कृष्णले त्यो सुदर्शन चक्र परशुरामबाट पाएका थिए !

त्रिपुंडःनिधारमा शिवजीले त्रिपुंड तिलक लगाएका हुन्छन ! यो तीनबटा लामो रेखाको हुन्छ ! यो त्रिलोक्य र त्रिगुणको प्रतीक हो ! यो सतोगुण, रजोगुण र तमोगुणको पनि प्रतीक हो ! यो त्रिपुंड सेतो श्रीखंड चंदन वा भष्मको हुन्छ ! त्रिपुंड दुइ किसिमको हुन्छ !पहिलो तिन रेखा बीच रातो रंग को एउटा बिंदु भएको ! याँहा बिन्दु शक्तिको प्रतिक हकक ! अर्को आम मान्छेले लाउने तीन धर्के त्रिपुंड ! यसले मान्छेको मन एकाग्र बनाउदछ ! बिन्दु भएको त्रिपुण्ड आम मान्छेले लाउन्नन !रुद्राक्ष ःसकारात्मक ऊर्जा तथा रक्त संचार सन्तुलित राख्न शिवजीले रुद्राक्ष धारण गर्दथे ! (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.