सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा : महिला सक्षम हुनु रोजगारिका अवसर दिलाऔं छौ उपमेयर संगिता भण्डारी

डडेल्धुरा —डडेलधुराको अमरगढी नगगरपालिकाले मलिाहरु लाई सक्षम बनाउनुका लागि नगरपालिका उप मेयर संगिता भण्डारिको नेतृत्वमा रोजगार सिर्जना गर्ने तालिमहरु दिदै आएको छ । महिला सक्षम हुन रोजगारिका अवसर दिलाउने लक्ष्य भएकाले यस्ता सिपमुलक तालिम दिन लागेको उप— मेयर संगिता भण्डारीको भनाई रहेको छ ।

भण्डारीका अनुसार नगरका १० जना महिलाहरु लाई कृस्टल चुरापाते निमार्ण तालिम दिएको छ जसमा महिलाहरुले चुरापोते निमार्ण गर्न सिकेका छन् भने,
११ जना लाई सेनेटरि प्याड निमार्ण तालिम दिई सकेको छ भने अगामी चरणमा पनि सात ओटा सिपमुलक तालिम दिएर महिलाहरु लाई सक्षम बनाउने योजना रहेको बताउनु भयो । यसै वजेट बाट पुरुसहरु लाई सिपमुलक तालिम दिनुका लागि काठमाण्डौं पठाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

अमरगढी नगरपालिकाको कार्यपालिका बैठक बाट महिला उद्यम विकासका लागि रु १५ लाख वजेट विनियोजन गरेर तालिमहरु दिन सुरु गरिएको हो । महिलाहरुले यसरि घरमै तालिम लिएर आफुले स्वरोजगार बन्न पाउदा नि कै खुशी भएको तालिममा सहभागीहरुको भनाई रहेको छ ।

तालिममा सिकेको कुरा लाई व्यवहारमा ल्याएर स्थानिय स्तरको बजारमै उत्पादन खपत गर्ने लक्ष्य रहेको उप — मेयर भण्डारीको भनाई छ । (khabardarinews बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.