सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा गरिएको तालाबन्दी खुल्यो !!

बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा गरिएको तालाबन्दी खुलेको छ । वडा नं ३ को बाँस टोलमा रहेको मदिरा पसललाई अन्यत्र सार्ने सहमति भएपछि महिलाहरुले लगाएको तालाबन्दी खोलेका हुन् । मंगलबार वडा कार्यालयमा भएको छलफलले बाँस टोलमा गाउँको बीचमा रहेको मदिरा पसललाई अन्यत्र सार्ने सहमति भएको वडा अध्यक्ष दिलाराम भट्टले जानकारी दिनुभयो ।

यो निर्णय तत्काल कार्यान्वयन गर्ने सहमति भएपछि आफूहरुले ताला खोलेको स्थानीय झीमा बिष्टले जानकारी दिनुभयो । मदिराका कारण आफूहरुमाथि हिंसा भएकाले मदिरा पसल अन्यत्र सार्नुपर्ने आफूहरुको माग पूरा भएपछि ताला खोलिएको उहाँले बताउनुभयो । वडा कार्यालयमा लगाएको ताला खुलेसंगै सेवा पनि सुुचारु भएका छन् ।

Sana Kishan

मदिराका कारण महिला र बालबालिकामाथि हिंसा भएको भन्दै बाँसका टोलका महिलाहरुले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँको बीचमा रहेका मदिरा पसलका कारण धेरै समस्या भएपछि आफूहरुले सो पसल सार्न माग गरेको र सो माग पूरा भएपछि ताला खोलेको स्थानीय पशुपति बिष्टले बताउनुभयो । (ninglashainionline बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.