सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : १० ओटै स्थानीय तहका केन्द्रमा सडक पुग्यो

बैतडीका १० ओटै स्थानीय तहका केन्द्रमा सडक पुगेको छ । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सोमबार सडक पुगेसंगै जिल्लाका १० ओटै स्थानीय तहका केन्द्रलाई सडकले छोएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै जसो पालिकाका केन्द्रमा सडकले छोएको हो । पालिकाका केन्द्रहरुमा सडक पुगेपछि सजिलो भएको स्थानीयहरुले बताएका छन् ।दुर्गम क्षेत्रमा सडकको पहुँच भएपछि स्थानीयहरुलाई फाइदा भएको सिगासका पदम साउँदले जानकारी दिनुभयो ।

सडक पुगेसंगै गाउँघरमा सुविधा भित्रिएको सुर्नया ६ का दिवाकर अवस्थीले बताउनुभयो । सडक नहुँदा टाढाबाट भारी बोकेर ल्याउनुपर्ने खाद्यान्न अहिले नजिकैका पसलहरुमा किन्न पाइएको उहाँले बताउनुभयो । सडकले गाउँघरमा उत्पादन भएको तरकारी सहजै बजार सम्म पुर्याउन सजिलो भएको सुर्नया ६ का लवदेव अवस्थीले बताउनुभयो ।

Sana Kishan

स्थानीय सरकार आएसंगै गाउँपालिकाको केन्द्रमा सडक पुग्दा धेरै सजिलो भएको शिवनाथका स्थानीय राजबहादुर चन्दले बताउनुभयो । गाउँपालिकामा सडकको पहुँच पुगेसंगै स्थानीयहरुलाई सहज भएको उहाँको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

सडकको पहुँच भएसंगै तीनचार दिन लगाएर पुग्नुपर्ने ठाउँमा एकै दिन पुग्न सकिएको पुर्चौंडीका उत्तम बोहराले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा सडक पुगेपछि स्थानीय सरकारलाई समेत काम गर्न सहज भएको छ । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.