सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैतडी– बैतडीको पाटन नगरपालिकाले पाटन बजार क्षेत्रको सडकमा राखिएका निर्माण सामग्री तुरुन्त हटाउन आग्रह गरेको छ । नगरप्रमुख केशवबहादुर चन्दको संयोजकत्वमा बसेको बैठकले बजार क्षेत्रको सडकमा जथाभावी थुपारेका निर्माण सामग्री, बालुवा, गिट्टी, ढुंगा हटाउन आग्रह गरेको नगर प्रवक्ता लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस्तै होटेल व्यवसायीहरुलाई पनि जथाभावी सडक फोहर नफाल्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । सोमबार प्रत्येक व्यवसायीहरुलाई भेटेरै दुईदिनभित्र सडक छेउमा फालेका सामग्री व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

Sana Kishan

बजार क्षेत्रको सडकमा जथाभावी राखिएका निर्माण सामग्री दुईदिनभित्र नहटाए कानुन अनुसार कारवाही हुने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । सडकमा जथाभावी राखिएका निर्माण सामग्रीले बजार क्षेत्रमा आवतजावतमै समस्या भएको, जथाभावी फालिएको फोहरले बजारमा आउने नागरिकलाई सास्ती भएकाले यो कार्य गरिएको नगरप्रमुख चन्दले जानकारी दिनुभयो ।

World Link Ads
Health Notice Kanchanpur

पाटन बजार क्षेत्रलाई सफा बजार बनाउन आफूहरुले नगरपालिकाका तर्फबाट पहल चालेको र यसमा सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सडक छेउछाउ राखिएका निर्माण सामग्री दुर्घटनाको जोखिम बढाएको छ भने जथाभावी फालिएको फोहरले विभिन्न संक्रमणको जोखिम बढाएको छ । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.