सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा सोमबार बैतडीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिले पाटनमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता विष्णुदत्त जोशी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो ।

Sana Kishan

शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि नेविसंघले खेलेको भूमिका बिषयमा छलफल भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तै वर्तमान राजनीतिक परिस्थितीका बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

World Link Ads
Health Notice Kanchanpur

नेविसंघले जिल्लामा भ्रष्टाचार निवारण अभियान सञ्चालन गर्ने बिषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । यस्तै नेविसंघ स्थापना दिवसको अवसरमा दार्चुलाको गोकुलेश्वर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ दार्चुला कार्यसमितिका सदस्य कृष्णसिंह रावलको अगुवाई अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरिएको हो । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.