सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क लगाएका यात्रु मात्र सवारी साधनमा चढ्न पाउने !!

अत्तरिया – अब देखी सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

भारतमा कोरोना तिब्र गतिमा फलिरदाँ नेपालमा पनि जोखिम बढेको भन्दै आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरेको हो ।

Sana Kishan

यस्तै लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक यातायातमा चढ्ने सम्पूर्ण यात्रुहरुलाई मास्क अनिवार्य गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

मास्क लगाएका यात्रुलाई मात्र सवारी साधनमा चढाउन भनिएको छ । यसका लागि गाडीका चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । (गोदावरी न्युज बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.