सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिका भित्र रहेका बिधालयहरु पनि बन्द गर्ने तयारी !!

अत्तरिया – गोदावरी नगरपालिका भित्र रहेका बिधालयहरु बन्द गरिने भएका छन । कोरोना संक्रमण बढेको भन्दै नगरपालिकाले बन्द गर्नको लागी छलफल शुरु गरेको जनाएको छ । यदपी औपचारिक निर्णय भने गरेको छैन । नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले केन्द्रिय सरकारले नै स्कुल बन्द गर्ने निर्णय गरिसकेकाले त्यही कार्यान्वयन हुने बताए ।

’सरकारले नै बिधालय बन्द गर्ने भनिसकेको छ, यँहा पनि धेरै जिल्लाका पालिकाहरुले बन्द गरिसकेका छन,’ खत्रीले गोदावरी न्युज सँग भने,’ अब हामी छलफल गर्दैछौँ ,सायद भोली सम्म बन्द गर्ने निर्णय हुन्छ होला ।’

Sana Kishan

सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्। आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.