सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द गरिएका छन् । नगरपालिकाको वडा नं ७ तोल्याका एकजनामा कोरोना पुष्टि भएको र विद्यालयबाट संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिनुभयो ।

आइतबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको तोल्या क्षेत्रलाई सिल गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो । नगरक्षेत्रभित्रका विद्यालय वैशाख १४ गते सम्म बन्द रहनेछन् । संक्रमण नफैलिएमा वैशाख १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने हिसाबले विद्यालय खोलिने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।

Sana Kishan

भारतबाट फर्केका एकजनाको मृत्यु भएको र सोही परिवारका एकजनामा कोरोना पुष्टि भएकाले संक्रमणको जोखिम बढ्दै गएको नगरपालिकाले जनाएको छ । मेलौलीमा ४६ सामुदायिक र दुई संस्थागत गरी ४८ विद्यालय रहेका छन् । (ninglashainionline बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.