सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

कञ्चनपुरका आरक्षपीडित विस्थापित परिवारको पुनर्स्थापनाका लागि सरकारले नेकपा एमालेका युवा नेता सुरेन्द्र बमलाई संयोजकमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को वि.सं. २०७७ चैत्र २० गते बसेको बैठकको निर्णयले आरक्षपीडितको समस्या समाधान गर्नका लागि कञ्चनपुरका एमाले युवा नेता बमलाई ३० औँ आयोगको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुरूप वन मन्त्रालयले बमलाई आयोगको संयोजकमा नियुक्त गरेको हो ।

Sana Kishan

संयोजक बमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख नापी अधिकृत, डिभिजन वन अधिकृत, कोष तथा लेखा नियन्त्रण प्रमुख र सदस्य सचिवमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई आयोगको पदाधिकारी बनाउने नीतिगत व्यवस्था रहेको छ ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजक बमलाई दिएको नियुक्ति पत्र वन मन्त्री प्रेम बहादुर आलेले आइतबार हस्तान्तरण गर्नुभएको छ । एक वर्षका लागि कार्यदल गठन गरिएको बताइएको छ । (nepalbodh बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.