सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैतडीमा पनि कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने भएको छ । गत माघ १४ देखि २४ गते सम्म र फागुन २ गते देखि ११ गते सम्म लगाएका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतका कर्मचारीहरुलाई दोश्रो खोपको मात्रा लगाइने भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीश भट्टले जानकारी दिनुभयो ।

पालिकामा तोकिएका खोप केन्द्रहरुमा खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । माथी उल्लेखीत अवधिमा लगाएका सबैले अनिवार्य रुपमा खोप लगाउनु पर्ने खोप सुपरभाइजर भट्टले बताउनुभयो ।

Sana Kishan

दोश्रो मात्रा लगाउन आउनेहरुले पहिलो मात्रा लगाएको कार्ड अनिवार्य ल्याउनु पर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो । (कृष्ण बिष्टले radio7star मा लेखेका छन् )

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.