सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरी आर्यघाटमा बस्दै आएकी एक महिलाको दृष्टि फाउण्डेसनद्वारा उद्दार !!

अत्तरिया – कैलालीको गोदावरीमा अलपत्र बस्दै आएकी एक महिलाको उद्दार गरिएको छ । दृष्टि फाउण्डेसन धनगढीले प्रहरी र स्थानिय युबाहरुको सहयोगमा ति महिलालाई शनिबार राती ८ ः३० बजे उद्दार गरेको हो । बिगत ४–५ महिना देखी गोदावरी मसानघाटमा उनी बस्दै आएकी थिइन।

परिवारीक तनाबले घर छोडेपछि उनी बेसाहार बनेकी थिईन्। मानसिक अबस्थामा अली गुमाएकी झन्डै ४३ बर्षिय बिबाहित ती महिलाको बारेमा संचार माध्यममा खबर सार्बजनिक भएपछि दृष्टि फाउण्डेसनकी सन्चालिका कल्पना भट्ट र उनको टिमले ति महिलाको खोजी गरेको थियो ।

Sana Kishan

अहिले उनलाई दृष्टि फाउण्डेसन ले धनगढीमा रहेको आफ्नो कार्यलयमा राखेको छ । दृष्टि फाउण्डेसनकी सन्चालिका भट्टले भनिन् अब उँहालाई यतै राख्ने प्रयास गर्छौँ तर उँहा यतै बस्नु हुन्छ की हुँदैन त्यो भने चिन्ताको बिषय छ । उनलाई पहिले पनि यस्तै संस्थाहरुले सेवा दिएको बुझिएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.