सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी गर्ने आइतबारको दिन सूर्य देवको उपासना ?

हिन्दु धर्ममा हरेक दिनको उत्तीकै महत्व हुन्छ । हरेक दिन कुनै न कुनै देवताका विशेष दिनका रुपमा पुजाआराधना गरिन्छ । आइतवार सुर्य भगवानका लागि विशेष दिन हो ।

हिन्दु धर्ममा सुर्य सबै देवताहरू मध्य एक हुन्– सूर्य देव । धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको लागि महत्वपूर्ण दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ । सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिएको हो । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

सुर्य पुराणमा सुर्यदेवको महत्वका बारेमा उल्लेख गरेको छ । धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic

कसरी गर्ने सूर्य देवको उपासना ? : धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

Dirghayu Ads

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

Sana Kishan

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ । सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.