सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१ हप्तादेखि आगलागी जारी !!

बैतडीको सुर्नया गाउँपालिका वडा न. ८ स्थीत कैलपाल सामूदायिक बनमा एकहप्ता अघि सुरु भएको आगलागी अझै जारी रहेको छ । सामूदायिक बनमा आगलागी भएपछि रुख बिरुवा सखाप हुनुका साथै पानिका मुहान सुक्दै गएको स्थानिय गोपाल महराले बताउनुभयो ।

केहि युवाहरु आगो नियन्त्रण गर्न त्यहाँ पुगेपनि धेरै ठाउँबाट आगो लागेकाले निभाउन समस्या भएको उहाँले बताउनुभयो । बनमा १हप्ता अघिदेखी आगो लागेपनि आगलागी नियन्त्रणमा कसैको ध्यान नगएको अर्का स्थानियबासि धनबहादुर महराले बताउनुभयो । स्थानियबासिले आफ्नो खर फागलामा घास राम्ररी पलाउने भन्दै आगो लगाउने गरेको तर निभाउनमा कसैको ध्यान नदिने गरेको उहाँले बताउनुभयो ।

Sana Kishan

उक्त आगलागी नियन्त्रण गर्नमा कैलपाल सामूदायिक बन उपभोक्ता समितिका साथै अन्य कुनैपनि सरोकारवाला निकायले चासो नदेखाएको स्थानियबासिको गुनासो छ ।

World Link Ads
Mahakali Polytechnic

लामोसमय देखिको खडेरीका कारण तिब्र रुपमा आगलागी भएकोले यसको नियन्त्रणका लागी प्रयास थाल्ने सुर्नया गाउँपालिका ८का वडाअध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो । यो बिषय गाउँकार्यपालिकाको बैठकमा उठाएर समाधानका लागी योजना बनाउने उहाँले बताउनुभयो । (ninglashainionline बाट सभार)

 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.