सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजदेखी नयाँ वर्ष २०७८ सुरु, सुदुरपश्चिममा बिशु पर्वको रौनक !!

अत्तरिया – आजदेखी नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते देश विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइ रहेका छन् । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको राम्रा÷नराम्रा कामहरुलाई सम्झिदै नयाँ बर्षमा सफलता पाउन नयाँ योजना र जोस जागरका साथ कामको सुरुवात गर्ने गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

World Link Ads
Mahakali Polytechnic

नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ । यसै बिच आज सुदुरपश्चिम प्रदेशमा सुदुरपश्चिमको छुट्टै मौलिक पर्वका रुपमा रहेको बिसु पर्वको रौनक छाएको छ ।

हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन सम्म यो वर्ष मनाउने गरिन्छ ।

Sana Kishan

वर्षको अन्तिम दिनलाई बिदाई गर्दै र नया बर्षको सुरुको दिनलाई स्वागत गरेर बिशु पर्व मनाउने चलन रहेको छ ।

बर्षको अन्तिम रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ ।

मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउने गर्दछ ।

नेपालीहरुले बिषेश गरेर आजको दिनमा बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने पिकनिक खान जाने र मन्दिरमा गएर पूजा गर्नछन् । नयाँ वर्षको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । (गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.