सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शास्त्रका अनुसार हामीले घरमा पूजा गर्दा अगरबती बाल्न राम्रो कि धुप ?

हामीले प्राय घर,अफिस, मन्दिर लगाएका स्थानमा पवित्रताको लागि अगरबत्ति बाल्ने गर्दछौ । मन्दिरहरुमा पुजा पश्चात् आरतीका रुपमा धुप दिप बालेर पुजागर्नु पर्ने नियम रहिआएको छ ।सनातन देखि चलिआएको नियम दशैको फुलपातिमा भित्र्याएको पाति द्वारा बनाईएको धुप वर्षभरि नै कोईला बालेर धुपबाल्ने नियम रहिआएको छ ।

यसरी विभिन्न जडिबुटी मिश्रति पातिलाई धुलोबनाएर धुप बालेमा विभिन्न रोगहरु निकोहुने पनि उल्लेख गरिएको छ ।पछिल्लो समयमा बजारमा आएका विभिन्न अगरबत्तिहरु शास्त्रीय नियम बिपरित छन् । जुन बाल्दा स्वस्थ्यमा गम्भीर असरपार्ने विज्ञहरुले सुझाव दिइरहेका छन् ।बासनाका लागि विभिन्न प्रकारका सेन्टको प्रयोग हुने गरेको छ ।जुन बाल्दा यसले गम्भीर अ सर पार्ने भन्दै पछिल्लो समयमा बहस सुरुभएको छ ।

Sana Kishan

शास्त्रका अनुसार कुनै पनि पवित्र कार्यगर्दा बासबाट बनाइएका बस्तुहरु नबाल्नु भनेर पनि उल्लेख गरिएको छ ।बजारमा पाउने अगरबत्तिहरु बासको सिन्काबाट बनाईएको हुन्छ । कुनैपनि मंगलिक कार्यगर्दा बासको समिधा बाल्न निषेध गरिएको छ ।बजारमा पाउने हरेक अगरबत्ति बासको सिन्काबाट बनाईएकाले यो पुजाको लागि निषेध गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

पुजाकालागि पबित्र मानिने बाटेको धुप सबैभन्दा उत्तम मानिन्छ । उक्त धुप नेपाली कागजमा बनाईएकाले र विभिन्न जडिबुटीयुक्त वस्तुको प्रयोग भएकाले सिन्के धुपभन्दा बाटेको धुप नै पवित्र हुने विज्ञहरुले सुझाव दिएका छन् ।सकेसम्म फुलपातिमा भित्राईएको पातिलाई धुलोबनाएर ध्यूमा मोलेर बालेमा पबित्र हुने पनि शास्त्रमा उल्लेख गरिएको छ । (gnewsnepal बाट सभार)

 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.