सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा बिसु पर्वको रौनक सुरु – बाहिर गएकाहरु घर फर्किन थाले !!

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिसु पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षलाई सुदूरपश्चिमेली बासीहरुले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । गत बर्ष कोरोनोको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरिदाँ पर्वको खासै रौनक थिएन ।

यस बर्ष पनि कोरोनाको जोखिम फेरि बढ्दै गएपनि रौनक भने छाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष बिसुको रौनक थिएन । अहिले कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएकाहरु बिसु मनाउन घर फर्किन थालेका छन् ।

भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति बिसु पर्व मनाउन घर फर्किने गर्दछन् ।

World Link Ads
Mahakali Polytechnic

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले बिसु पर्व मनाउने गरिन्छ ।

Dirghayu Ads
Sana Kishan

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने भीड लाग्न थालेको छ । यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखकले बताए ।

सुदूरपश्चिम क्षेत्रमा बिसु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ ।

खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि सङ्कट नआउने विश्वाससमेत गरिन्छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.