सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा शुरु, बिरामीहरुलाई समेत सजिलो हुने !!

जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने भएको छ । थाइराइड चेक गर्ने मेसिन बनेपछि थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो हुने उहाँले बताउनुभयो ।

Sana Kishan

थाइराइड भएमा महिलाहरुको महिनावारी नियमित नहुने, बच्चा गर्भमा बस्न नसक्ने, मोटोपन लगायतका लक्षण देखापर्छन भने पुरुषमा पनि मोटोपन हुने, निद्रा नलाग्ने, आलस्य बढ्ने लगायतका लक्षणहरु देखा पर्दछन् । थाइराइडको समस्या भएकाहरुले औषधि सेवन गरेमात्रै निको हुने भएकाले यो सेवालाई नागरिकलाई सहज हुने डा. जोशीको भनाई छ ।

जिल्लामा अस्पतालमा २०७६ सालमै थाइराइड चेकजाँच गर्ने मेसिन आएको भएपनि मेसिन बिग्रेका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन् । जिल्ला अस्पतालले थाइराइड चेकजाँचका लागि ८ सय रुपैंया शुल्क निर्धारण गरेको छ । (ninglashainionline बाट सभार)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.