सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलाई सुनको लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ – राजा ज्ञानेन्द्र 

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हरिद्धारमा आयोजित भब्य सम्मान समारोहमा नेपाली भाषामा आफ्नो भनाइ राखी बक्सबक्सँदै भगवान रामले आज्ञा गर्नु भए झैै मलाई सुनको लंका होइन मेरो आफ्नै

जन्मभूमी प्यारो लाग्छ भनी दिनु भएको सदउपदेशलाई सबैले अनुसरण गर्नु आवश्यक रहेकोमा जोड दिइबक्सँदै अहिले बाध्य अतिक्रमणमा हाम्रो धर्म संस्कृति परम्परा सस्कृति माथि अतिक्रमण भइ ह्ँदै गएको हुँदा यसलाई बचाउनु आवश्यक रहेको बताईबक्सेको छ ।
राजाबाट हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डो¥याउने खालको भएकाले हामी सबै यसप्रति संवदेनशील हुनुपर्ने बताएका छन्।

राजाले भनीबक्से :

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन– तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन, । नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्।

राजाबाट लक्ष्मीप्रसाद देवकोटाले लेखेको के नेपाल सानो छ ? भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको विषय जोड दिएको उल्लेख गरिबक्सँदै भनीबक्सेको छ हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।

आज हरिद्धारमा महाकुभ्म मेला आयोजक समितिको तर्फ राजाको सम्मानमा आयोजित भब्य समारोहको आयोजना गरिएको थियो । कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले राजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा भारतका केन्द्रिय ग्रामिणमन्त्री तथा हरिद्धारका आइजिपी सहित भारतका प्रख्यात मठाधिस पिठाधिसहरू उपस्थितिमा महामण्डेश्वर कैलाशानन्द गिरी लगायत मठाधिस पिठाधिसहरुले राजदम्पतीलाई स्वागत र आशिर्वाद दिएका थिए । भोली सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी होइबक्सनेछ । (sansarkokhabar बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.