सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा राष्ट्रिय परिचयपत्रका लागि ७ हजार बढीको विवरण दर्ता !!

डोटी – जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन्।

यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो। वडा नम्बर १ खिरसैनमा ९४३, वडा नम्बर २ बगलेकमा ९१४, वडा नम्बर ३ गैरागाउँमा ९६८, वडा नम्बर ४ सानागाउँमा ९९६, वडा नम्बर ५ काडमाडौँमा एक हजार ४९२, वडा नम्बर ६ गाँजरीमा एक हजार ७२ र वडा नम्बर ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले बताए।

Sana Kishan

सबैभन्दा बढी वडा नम्बर ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नम्बर २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन्। यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.