सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला लिग फुटवल प्रतियोगिताको मिति तय !!

 विकास सिह महता कञ्चनपुर / २०७७ चैत्र २८ सनिवार –   अखिल नेपाल फुटबल संघ (एन्फा)को पत्राचार अनुसार कंचनपुर जिल्ला लिग फुटवल प्रतियोगिताको मिति तय गरिएको छ।

Sana Kishan

शुक्रवार कंचनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले मिति २०७८ बैशाख १२ गते देखि जिल्ला ब्यापी नकआउट फुटवल प्रतियोगिता संचालन गर्ने र बैशाख १८ गते देखि जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्नका लागि जिल्ला फुटबल संघले मिति को घोषणा गरिएको हो।

संघको बसेको बैठक बाट फुटबल विकासका लागि आगामी दिनमा जिल्लामा रहेका नौ वटै स्थानिय तहहरु संग फुटबल प्रशिक्षकको ब्यावस्थापनका लागी पहल गर्न , फुटवल संघका मनोनित सदस्य तथा मिडिया संयोजक धन बहादुर महता लाई पत्रकार महांघको २६ औं अधिवेशन बाट निर्विरोध सदस्य पदमा निर्वाचित हुनुभएकोमा बधाई र खेल प्रेमिहरु लक्षीधन अधीकारी, चन्दर सिंह थलाल,शालीक राम खरेल,भिम चन्द ,दिपक राज बोहरा लाई सदस्य पदमा मनोनित गर्ने निर्णय गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव रमेश चन्दले बताएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.