सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रङ्गशाला निर्माणको लागि मलेसियामा रहेका नेपालीहरुबाट १ लाख बढि सहयोग !!

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले १ लाख ३१ हजार बढी सहयोग गरेका छन् । मेलेसियाको केडा राज्यमा रहेको पानासोनिक सोलार कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट १ लाख ३१ हजार १ सय ८८ रुपयाँ सहयोग संकलन गरिएको हो ।

संकलित रकम धुर्मुुुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक केशवसिंह धामीले जानकारी दिनुभयो । सो अभियानमा ४२ जनाले सहयोग गरेको उहाँले बताउनुभयो ।

Sana Kishan

जनस्तरबाट निर्माण भईरहेको रङ्गशालामा विभिन्न क्षेत्रबाट सहयोग भईरहेको सन्दर्भमा आफूहरुले पनि सहयोग गरेको धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘थोेपा थोपा मिली समुद्र बने जस्तै केही सहयोेग होस भन्ने हेतुले हामीले सहयोग गरेका हौ । रङ्गशाला नेपालीहरुको गौरवको योजना भएकोले यसमा सबैलाई सहयोगका लागि अपिल गर्दछौं ।’ (सुरेश अवस्थीले ninglashainionline मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.