सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर बनाउने !!

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ । विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकमा यो निर्णय भएको उहाँले बताउनुभयो । झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

Sana Kishan

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिक मध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।

World Link Ads
Mahakali Polytechnic

कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.