सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिगास गाउँपालिका बैतडीका शिक्षक आन्दोलित

बैतडी–   बैतडीको शिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलित भएका छन्। गएको साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन।

 

तलब भुक्तानीका लागि पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ। आफूहरुको तलब निकासा नगरे चैत २९ गतेदेखि विद्यालय नजाने, बार्षिक परीक्षा सञ्चालन हुन नदिने लगायतका आन्दोलनका कार्यक्रम अघि सारेको चन्दले बताइन्।

 

Sana Kishan

यस्तै गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुसंग कुनै सल्लाह नै नगरी कार्यविधि परिवर्तन गरेकाले सो कार्यविधि सच्याउन पनि शिक्षकहरुले माग गरेका छन्।

 

World Link Ads
Mahakali Polytechnic

कार्यविधि सच्याएर आफूहरुलाई पूर्ववत रुपमै स्वयंसेवक शिक्षकको रुपमा राख्न समेत उनीहरुले आग्रह गरेका छन्।शिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १९१ जना निजी स्रोतका शिक्षकहरु कार्यरत रहेका छन्।

 

 

Dirghayu Ads

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.