सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मजदुरी गर्न भनी बझाङ पुगेका बैतडीका साउद ५ दिनदेखि बेपत्ता !!

बैतडी–   बैतडीका एक जना ५ दिन देखि बेपत्ता भएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ का ४६ वर्षीय ठगी साउद विगत ५ दिन देखि बेपत्ता भएका हुन ।

 

पारिवारिक स्रोतका अनुसार बझाङको दुर्गाथली गाँउपालिका २ जुजीमा मजदुरी गर्दै आएका ४६ वर्षीय ठगी यही चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका हुन् ।

 

बेपत्ता साउदसँगै काम गर्ने गमी सावदले साँझको खाना खाएर सुतीसकेपछि राति बाहिर गएका सो बेलादेखि गायब भएका बताउनुभएको छ ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

खोजतलासका लागि प्रहरी लाई गुहार्ने भन्दै बेपत्ता ठगी साउदका भतिजा सुरेन्द्र साउदले फेला पार्नुहुने जो कसैले पनि प्रहरीलाई खबर गरिदिने अनुरोध गरेका छन् ।

 

गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएका उनि उतैबाट बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ ।

 

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.