सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२५ जना भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह !!

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।२५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए। ‘अहिले कति ठाउँमा जुन भीडभाड भइरहेको छ, अब त्यो भीडभाड पुरै बन्द गर्नुपर्छ। जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ’, उनले भने, ‘त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला जमघटहरू सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं।’

Sana Kishan

उनका अनुसार कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेका छन्। आईसीयूमा बिरामीहरू धेरै नै भर्ना भइसकेका उनले बताए। स्वास्थ्य मन्त्रालयले साना शहरमा १०० जना सक्रिय संक्रमित देखिए आवागमनमा कडाइ गर्न पनि निर्देशन दिएको छ। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.