महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कंचनपुरको अध्यक्षमा माधवसिंह धामी विजयी भएका छन् । उपाध्यक्षमा भवानी भटट, उपाध्यक्ष महिलामा हेमन्ती चौधरी सचिवमा राजेन्द्र प्रसाद अवस्थी, सहसचिबमा ध्रुब अवस्थी विजयी भएका छन् ।
यस्तै, समाबेसी सहसचिबमा पहिलाद राना, कोषाध्यक्षमा जय देब जोशी विजयी भएका हुन् । सुदूरपश्चिम प्रदेशमा पत्रकार महासंघको २६ औ महाधिवेशनमा १ हजार २ सय १२ भोट मध्ये १ हजार ६५ भोट खसेको थियो । बुधवार भएको देशैभर १३ हजार १ सय २२ मतदाता रहेका थिए ।