बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ का एक पुरुष बझाङबाट बेपत्ता भएका छन । कामको सिलसिलामा बझाङको दुर्गाथली गाँउपालिका २ जुजीमा मजदुरी गर्दै आएका ४६ वर्षीय ठगी साउद यही चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका भतिजा सुरेन्द्र सिह साउदले जानकारी दिनुभयो ।
राती खाना खाएर सुतीरहेका बेला एक्कासी बाहिर गएर बेपत्ता भएको ठगी साउदसँगै काम गर्ने गमी सावदले आफन्तलाई जानकारी दिएका हुन । फेला पार्नुहुने जो कसैले पनि प्रहरीलाई खबर गरिदिन ठगी साउदका भतिजा सुरेन्द्रले अनुरोध गर्नुभएको छ ।
खोजतलासका लागि अनौपचारीकरुपमा प्रहरीलाई समेत जानकारी गराइएको छ । भोली प्रहरीलाई खोजतलासको लागि निबेदन दिने समेत सुरेन्द्रले बताउनुभयो । आफु रोजगारीको सिलसिलामा भारतमा रहेको र दाई हराएको खबर पाएसँगै उनकै खोजीमा भारतबाट आएको पनि सुरेन्द्रले बताएका छन ।
गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएको थिए । उनको घरमा २ छोरा र श्रीमती छन । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)