धनगढीः पत्रकार डीआर पन्तलाई ह्रदयाघात (हार्ट अट्याक) भएको छ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएको हो।
कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता समेत रहेका पन्तलाई सामान्य ह्रदयाघात भएको कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो प्रमु्ख चित्राङ्ग थापाले जानकारी दिए ।
थापाकाअनुसार महेन्द्रनगरबाट उपचारका लागि धनगढी ल्याइएका पन्तलाई सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरेको छ। “उहाँलाई माइनर हार्ट अट्याक भएको हो,” थापाले भने, “अवस्था खतरामुक्त भएपनि पुनः दोहोरिने जोखिमका कारण डाक्टरले थप उपचारका लागि काठमाडौँ पठाएका हुन्।”
पन्तलाई नियमित हवाइ उडान मार्फत काठमाडौँ लगिएको हो। दिनेशखबरमा लेखिएको छ ।