सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चीनले दिएको कोरोनाविरुद्धको खोप आजबाट, फलफूल तथा तरकारी व्यापारी पनि प्राथमिकतामा !!

काठमाडौं : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज (बुधबार)बाट लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार मुलुकका विभिन्न अस्पतालमा रहेका खोप केन्द्रबाट सो खोप लगाउन लागिएको हो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत चीनले दिएको ८ लाख मात्रा खोप फलफूल तथा तरकारी व्यापारीले पनि लगाउन पाउने छन् । त्यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सिमानामा व्यापार गर्ने व्यापारी, प्राध्यापक, शिक्षक, जोखियुक्त कर्मचारी आदिले खोप लगाउन पाउने छन् ।

Sana Kishan

यसअघि नेपालमा पहिलो चरणको खोप अभियान अन्तर्गत अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप लगाइएको थियो । भारतमा उत्पादित सो खोप भारतले १० लाख मात्रा अनुदानमा दिएको थियो । (annapurnapost बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.