सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केरा खाने उत्तम समय,कस्तो खालको केरा खाने ?

केराले भोक मात्र मेटाउँदैन शरीरमा ऊर्जा पनि दिन्छ । तर कस्तो खालको केरा कुन बेलामा खाने भनी थाहा पाउनुपर्छ ।आयुर्वेदका अनुसार, केरा एक्लै खानुपर्छ । अन्य फलफूल वा खानेकुरा वा दूधसँग खानुहुँदैन ।

केरा खाने उत्तम समय
बिहान व्यायाम गरेपछि
राति कहिले पनि हुन्न
खाना खानुअघि वा पछि हुन्न
दूध खानुअघि वा पछि हुन्न
बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।

कस्तो खालको केरा खाने ?पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायोटिकको उत्तम स्रोत हो

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पाकेको केरा गुलियो हुन्छ, छिट्टै पच्छ र यसमा उच्चस्तरका एन्टीअक्सिडेन्ट हुन्छन् । बोक्रामा दाग लागेका केरामा एन्टीअक्सिडेन्टको मात्रा उच्च हुन्छ । गुलियो खान मन लागेको बेलामा यस्तो केरा खानुस् ।

दिनमा कति खाने ?
केरामा क्यालोरीको मात्रा बढी हुन्छ । सुगर र फाइबरको मात्रा पनि पाइन्छ केरामा । फाइबरले पाचनक्रिया सुस्त गरिदिन सक्छ । केरामा पाइने पोषक तत्वले शरीरमा लामो समयसम्म ऊर्जा दिइरहन्छ । दिनमा दुईवटाभन्दा धेरै केरा खानु स्वास्थ्यका दृष्टिकोणले उचित नहुने विज्ञहरूको सुझाब छ । केरा खाँदा क्यालोरी अत्यधिक बढ्न सक्ने हुनाले लिमिटमा खानुपर्ने उनीहरूको सुझाब छ । एउटा ठूलो आकारको केरामा लगभग १२० क्लालोरी हुन्छ ।

कुन समय खाने ?
शरीरको ऊर्जा खर्च हुने समय पारेर केरा खानु उत्तम हुन्छ । केरा खाएपछि हार्डवर्क गरिएन भने फाइबर पचाउन गाह्रो पर्छ । एक्सरसाइज गर्नुभन्दा १०–१५ मिनेटअघि या पछि केरा खानु सबैभन्दा उत्तम समय हो । हार्डवर्कका वेला केरामा हुने कार्बोहाइड्रेट्सले शरीरलाई लामो समयसम्म ऊर्जा दिन्छ ।

केराले तौल बढाउँछ ?
क्यालोरी बढ्नेगरी केरा खाइएन भने तौल पनि बढ्दैन । आवश्यकताभन्दा धेरै क्यालोरी बढ्नेगरी खाँदा तौल स्वतः बढ्न जान्छ । स्वास्थ्यका लागि आवश्यक जुनसुकै स्वस्थ आहार पनि मात्राभन्दा बढी खाए तौल बढ्नु स्वभाविक नै हो । यतिमात्रै फरक हो, केराले तौल छिटो बढाउँछ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.